९० वर्षीय पिताको आशिर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना (फोटो फिचर) | Khabarhub Khabarhub

९० वर्षीय पिताको आशिर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना (फोटो फिचर)


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौंला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

९० वर्षीय पिता मोहन प्रसाद ओलीको आशिर्वाद लिएर प्रधानमन्त्री ओली बालुवाटारबाट सोमबार मिर्गौंला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गरेका हुन् ।

आज र भाेलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उनकाे दाेस्राेपटक मिर्गौंला प्रत्याराेपण गरिने भएकाे छ । २०६४ साउनमा भारतकाे एपाेलाे अस्पतालमा उहाँकाे पहिलाेपटक प्रत्याराेपण गरिएकाे थियाे ।

नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भराेसा गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौंला प्रत्याराेपण गराउने निर्णय लिएका हुन् ।

प्रधानमन्त्रीले आफू छिट्टै निको भएर फर्कने बताउदै भर्ना हुनुअघि भिडियो सन्देश दिएका थिए। प्रधानमन्त्रीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जाने बेला प्रधानमन्त्रीलाई विदाई गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत शुभचिन्तक र आफन्त बालुवाटारमा जम्मा भएका थिए।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : १३ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो