९० वर्षीय पिताको आशिर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना (फोटो फिचर) « Khabarhub

९० वर्षीय पिताको आशिर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना (फोटो फिचर)


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौंला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

९० वर्षीय पिता मोहन प्रसाद ओलीको आशिर्वाद लिएर प्रधानमन्त्री ओली बालुवाटारबाट सोमबार मिर्गौंला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गरेका हुन् ।

आज र भाेलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उनकाे दाेस्राेपटक मिर्गौंला प्रत्याराेपण गरिने भएकाे छ । २०६४ साउनमा भारतकाे एपाेलाे अस्पतालमा उहाँकाे पहिलाेपटक प्रत्याराेपण गरिएकाे थियाे ।

नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भराेसा गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौंला प्रत्याराेपण गराउने निर्णय लिएका हुन् ।

प्रधानमन्त्रीले आफू छिट्टै निको भएर फर्कने बताउदै भर्ना हुनुअघि भिडियो सन्देश दिएका थिए। प्रधानमन्त्रीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जाने बेला प्रधानमन्त्रीलाई विदाई गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत शुभचिन्तक र आफन्त बालुवाटारमा जम्मा भएका थिए।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ११ : १३ बजे

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन