आज राम नवमी, यस्ताछन् श्रीरामबारेमा ९ जानकारी « Khabarhub

आज राम नवमी, यस्ताछन् श्रीरामबारेमा ९ जानकारी


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज अर्थात बिहीबार रामनवमी पर्व । चैत शुक्ल नवमीका दिन भगवान श्रीराम अर्थात भगवान विष्णुको सातौं अवतारका रुपलाई हामी पुज्ने गर्दछौ ।

रामायण महाकाव्यका रचयिता महर्षि वाल्मीकिले आफ्नो ग्रन्थमा भगवान श्रीरामको चर्चा गरेका थिए ।

भगवान रामलाई पुरुषहरुमा सबैभन्दा उत्तम पुरुष अर्थात् मर्यादा पुरुषोत्तमसमेत भनिन्छ । त्रेतायुगमा जन्मिएका राम अयोध्याका महाराज दशरथका जेष्ठ पुत्र हुन् ।

श्रीरामका भरत, लक्ष्मण र शत्रुधन तीन भाइ थिए । रामकी आमाको नाम कौशल्या हो भने सुमित्रा र कैकयी रामका माहिली र कान्छि आमा हुन् ।

रामको विवाह त्रेतायुगका मिथिला (हाल नेपालको जनकपुरधाम)का राजा जनककी पुत्री सीतासँग भएको थियो । राजा दशरथले रानी कैकयीलाई दिएको वचन अनुसार रामले १४ वर्ष वनवास जीवन बिताउनु परेको थियो ।

भगवान श्रीरामका बारेमा महर्षि वाल्मिकिले अनेकौं कथा लेखेका छन् । आदिकवी भानुभक्त आर्चायले पनि नेपालीमा रामायण लेखेका छन् ।

यस अलावा भारतीय प्रसिद्ध महाकवि तुलसीदासले समेत रामामण लेखेका थिए । जसमा भगवान रामाद्धारा गरिएको अनेकौ महान कार्यलाई गौरवमयी धार्मीक इतिहासका रुपमा मान्ने गरिन्छ । भगवान श्रीरामका जीवनीका बारेमा धेरै हिन्दुहरु जानकार छन् ।

राम बारेका ९ महत्वपुर्ण जानकारी यस्ता छन् :

१. वनवासको समयमा भगवान श्रीराम मात्र २७ बर्षको थिए ।
२. लवकुश श्रीराम सीताको जुम्ल्याहा सन्तान थिए ।
३. राम–रावण युद्धको समयमा भगवान इन्द्रले श्रीरामलाई दिव्य रथ पठाएका थिए ।
४. चैत्र शुल्क नवमीको दिन श्रीरामको जन्म भएकाले हरेक वर्ष यसदिनलाई रामनवमी पर्वका रुपमा मनाइन्छ ।
५. भगवान श्रीरामले रावणको वध पछि रावणका भाई विभीषणलाई लंका सुम्पिएका थिए ।
६. ढुंगा बन्ने श्राप पाएकी गौतम ऋषिकी पत्नी अहिल्यालाई श्रीरामले मुक्ति दिलाएका थिए ।
७.अरण्य नामक राजाले रावणलाई आफ्नो वंशको युवकले मार्ने श्राप दिएका थिए, श्रीराम सोहि वशंका थिए ।
८. सीतालाई रावणको कैदबाट छुटाउन श्रीरामले एकादशीको व्रत लिएका थिए । त्यहि बेलाबाट एकादशी व्रत बराबरको पुण्य अरुकुनै व्रतबाट नमिल्ने मान्यता छ ।
९. वनवासबाट अयोध्या फर्केको दिन अयोध्यावासिले दिपोत्सव गरेका थिए सोहि दिनको सम्झनामा हरेक वर्ष तिहार (दिपावली) मनाइन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ४४ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा