रामनवमी पर्वः कोरोना भाइरसको त्रासले मन्दिरमा छैनन् भक्तजन « Khabarhub

रामनवमी पर्वः कोरोना भाइरसको त्रासले मन्दिरमा छैनन् भक्तजन


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण भक्तजनले घरमै बसेर आराधना गरिरहेका छन् ।

विगत वर्षमा आजका दिन जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गरेकामा यस वर्ष दुवै देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले भीडभाड देखिएको छैन ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको बताइन्छ ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको बताए ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ ।

सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएका हुन् ।रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको उनले बताए ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानवजातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस वर्ष लकडाउनका कारण बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत स्थानमा लाग्ने मेला स्थागित गरिएको छ । ती मन्दिरमा रामनवमीका अवसरमा हुने विशेष पूजा भने गरिने जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ०७ बजे

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी

शुक्लाफाँटा नगरपालिकाद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ

जुम्लाका सेवाग्राहीको घरमै पुग्यो राहदानी

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन