इटालीमा एकै दिन ७२७ जनाको मृत्यु « Khabarhub

इटालीमा एकै दिन ७२७ जनाको मृत्यु


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो तथ्यांकसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ ।

त्यस्तै एकै दिन ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएसँगै इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको हो ।

संक्रमितमध्ये १६ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन् । ४ हजार ३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ५ सय ७२ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : १५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा