कोरोना कहरः पुलिसमा जागिरे बाबुको रक्षाका लागि यी बालिकाले गरिन् सबैलाई घरभित्रै बस्न अपिल « Khabarhub

कोरोना कहरः पुलिसमा जागिरे बाबुको रक्षाका लागि यी बालिकाले गरिन् सबैलाई घरभित्रै बस्न अपिल


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न विश्वव्यापीरुपमा विभिन्न पहल कदमी चालिएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको औषधि अझै पत्ता लागिसकेको छैन । वैज्ञानिकहरु यसका लागि अहोरात्र खटिएका छन् । यस्तो अवस्थामा सवैले आ–आफ्नो क्षेत्रबाट सुरक्षा सतर्कता अपनाउनु बाहेकको कुनै विकल्प  छैन ।

विश्वका सबै मुलुकले आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन तथा कोरोनाको सम्भावित जोखिम रोक्ने विषयमा जनचेतानामूलक सन्देश जारी पनि गरिएका छन् ।

अधिकांश मुलुकले लकडाउन घोषणा गरी आम नागरिकलाई अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्किन आग्रह गरिएको छ ।

अहिले सबैभन्दा बढी जोखिमा स्वास्थ्यकर्मी, प्रहरी र पत्रकाहरु छन् । लकडाउन लागू गरिएको भए पनि उनीहरु आफ्नो ज्यानको बाजी लगाएरै कार्यक्षेत्रमा खटिनुपर्ने बाध्यता छ ।

यही सन्दर्भमा हाल सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । जहाँ एक ९ वर्षीया बालिकाले हातमा एउटा प्लेकार्ड बोकेर कोरोना भाइरसको संक्रमणबाट आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं भन्ने सन्देश दिन खोजेकी छिन् ।

उनले बोकेको प्लेकार्डमा लेखिएको छ– ‘मेरो बुवा प्रहरी हुनुहुन्छ । उहाँ तपाईहरुको सुरक्षाका लागि मभन्दा निकै टाढा हुनुहुन्छ । कृपया उहाँको रक्षाका लागि तपाईहरु घरभित्रै बसिदिन सक्नुहुन्छ ।’

उनको यो अपिल निकै मर्मस्पर्शी छ । यसअर्थमा कि मानिस घरबाहिर निस्किँदा कोरोना संक्रमण फैलिने जोखिम अधिक रहन्छ । तसर्थ घरमै बेसेर आफू पनि सुरक्षित रहनुहोस् र कार्यक्षेत्रमा खटिनेहरुलाई पनि सुरक्षित बनाउनुहोस् भन्दै उनले आफ्नो बाबुको सुरक्षाको कामना गरेकी छिन् ।

भारतको अरुणाञ्चल प्रदेशकी यी ९ वर्षीया बालिकाले ‘लकडाउन’को पूर्ण पालना गर्न अनुरोध गरेकी हुन् ।

ती बालिकाको यही तस्वीरलाई भारतीय केन्द्र सरकारका खेलमन्त्री किरण रिजूजले ट्वीट गर्दै लेखेका छन्– ‘प्यारी बालिकाको तर्फबाट मनै झकझकाउने यो सन्देश ।’

उनले यो मुस्किल परिस्थितिमा सबै सुरक्षाकर्मीहरुले निभाएको भूमिका तारिफयोग्य भएको बताएका छन् ।

केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत यस्तै सन्देश मूलक एक युवतीको भिडियो आफ्नो ट्वीटरबाट सेयर गरेका थिए ।

जहाँ ती युवतीले बैंकको सबै पैसा कोरोना राहत कोषमा जम्मा गर्ने बताएकी थिइन् । भारतमा केही दिन यता कोरोनाको संक्रमण तीव्र देखिन थालेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ०५ बजे

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३