कोरोना संक्रमण रोक्न सडकका मानिसलाई स्टार होटलमा राख्दै पर्थ राज्य सरकार « Khabarhub

कोरोना संक्रमण रोक्न सडकका मानिसलाई स्टार होटलमा राख्दै पर्थ राज्य सरकार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिइरहेको छ । हरेक देश आ–आफ्नो तरिकाले यसको संक्रमण रोक्ने प्रयास गरिरहेका छन् ।

यही बीचमा एक देशले यस्तो महत्वाकांक्षी परियोजना शुरु गर्दैछ अस्ट्रेलियाको पर्थ राज्य सरकार । जुन परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीन मानिसहरुलाई कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बचाउनका लागि फाइभ स्टार होटलमा राखिनेछ ।

यो परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीनहरुलाई फाइभ स्टार होटलमा सारिनेछ जुन होटलको एक रातको शुल्क मात्र २६० डलर (३१ हजार नेपाली रुपैयाँ) पर्छ ।

डेलीमेलको समाचार अनुसार पश्चिमी अस्ट्रेलियाको सरकार यो परियोजना शुरु गर्ने तयारी गर्दैछ । परियोजना अन्तर्गत करिब १ महिनासम्म सडकमा सुत्ने मानिसहरुलाई होटलमा राखिनेछ ।

सुरुवातमा २० जनालाई प्यान प्यासिफिक होटलमा बस्ने व्यवस्था गरिनेछ । यो परियोजनालाई होटल्स विथ हर्ट नाम दिइएको छ ।

सरकारले यस्ता घरबारविहीन मानिसहरुलाई छान्नेछ जो अपहिलेसम्म आफूलाई आइसोलेट गर्न असफल भएका छन् । पछि यो परियोजनामा घरेलु हिंसाका शिकार महिला र मानसिक रोगीहरुलाई पनि सामेल गराइनेछ । यदि परियोजना सफल भएमा होटलका १२० कोठा उपयोग गरिनेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ५४ बजे

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई