महिलालाई मलेसिया सरकारको अनौठो प्रस्ताव « Khabarhub

महिलालाई मलेसिया सरकारको अनौठो प्रस्ताव


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले कोरोनाभाइरसका कारण जारी लकडाउनका सन्दर्भमा आफ्नो देशका महिलाहरुलाई निकै अनौठो सल्लाह दिएको छ ।

लकडाउनको क्रममा दिइएको सरकारको यो सल्लाहलाई महिला विरोधी भन्दै निकै आलोचना पनि भइरहेको छ ।

मलेसियाको महिला तथा परिवार कल्याण मन्त्रालयले लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी पत्नी तथा आमाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी जारी गरेको हो ।

यसैको एक पोस्टरमा महिलाहरुलाई घरबाट काम गर्ने क्रममा सामान्य दिनमा जस्तै मेकअप गरेर सजिने र राम्रा कपडा लगाउन सल्लाह दिइएको छ ।
मन्त्रालयले लकडाउनलाई विदा भन्दै लेखेको छ ‘आमाको लागि यति लामो विदा र घरबाट काम गर्नु कठिन हुन सक्छ किनकि अक्सर उनीहरुको ध्यान भट्किन्छ ।’ यद्यपि आलोचनापछि यो पोस्टलाई हटाइएको छ ।

महिला संगठनहरुले मन्त्रालयको यो एडभाइजरीको आलोचना गरेका छन् । अल वुमन्स एक्सन सोाइटीले भनेको छ ‘महिलाहरुसँग मेकअप गर्ने र राम्री देखिने भन्दा बाहेक अरु पनि धेरै काम हुन्छन् । महिलाहरु पनि मानव हुन् कुनै सामान होइन । यसरी मेकअप र लुकमा जोड दिनु अनावश्यक हो ।’

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ११ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण