महिलालाई मलेसिया सरकारको अनौठो प्रस्ताव « Khabarhub

महिलालाई मलेसिया सरकारको अनौठो प्रस्ताव


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले कोरोनाभाइरसका कारण जारी लकडाउनका सन्दर्भमा आफ्नो देशका महिलाहरुलाई निकै अनौठो सल्लाह दिएको छ ।

लकडाउनको क्रममा दिइएको सरकारको यो सल्लाहलाई महिला विरोधी भन्दै निकै आलोचना पनि भइरहेको छ ।

मलेसियाको महिला तथा परिवार कल्याण मन्त्रालयले लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी पत्नी तथा आमाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी जारी गरेको हो ।

यसैको एक पोस्टरमा महिलाहरुलाई घरबाट काम गर्ने क्रममा सामान्य दिनमा जस्तै मेकअप गरेर सजिने र राम्रा कपडा लगाउन सल्लाह दिइएको छ ।
मन्त्रालयले लकडाउनलाई विदा भन्दै लेखेको छ ‘आमाको लागि यति लामो विदा र घरबाट काम गर्नु कठिन हुन सक्छ किनकि अक्सर उनीहरुको ध्यान भट्किन्छ ।’ यद्यपि आलोचनापछि यो पोस्टलाई हटाइएको छ ।

महिला संगठनहरुले मन्त्रालयको यो एडभाइजरीको आलोचना गरेका छन् । अल वुमन्स एक्सन सोाइटीले भनेको छ ‘महिलाहरुसँग मेकअप गर्ने र राम्री देखिने भन्दा बाहेक अरु पनि धेरै काम हुन्छन् । महिलाहरु पनि मानव हुन् कुनै सामान होइन । यसरी मेकअप र लुकमा जोड दिनु अनावश्यक हो ।’

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ११ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल