दाना नहुँदा कुखुरापालक किसानलाई ठूलो नोक्सान « Khabarhub

दाना नहुँदा कुखुरापालक किसानलाई ठूलो नोक्सान

बजारमा अण्डाको माग बढ्दो, उत्पादन थोरै


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथाम सरकारले गरेको लकडाउनका कारण कुखुरा पालक किसान मर्कामा परेका छन् ।

सरकारले देशव्यापी लकडाउन गरेपछि कुखुराको दाना पाउन मुश्किल भएपछि किसानले कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका छन् ।

नेपाली बजारमा दैनिक करीब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसानहरू बताउँछन् ।

कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसानहरू समस्यामा परेका हुन् ।

ब्रोइलर चल्ला ३५ दिनदेखि ४५ दिनमा बजार पठाउन तयार हुन्छ । त्यसपछि पाल्नुपर्दा धेरै दाना चाहिन्छ । यसले किसानलाई अतिरिक्त आर्थिक भार हुन्छ । दाना खुवाउन नसकेपछि महिनौँ बजार पठाउन तयार कुखुरा खाल्डोमा हाल्न बाध्य हुन्छन् किसान ।

चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, सुनसरी, रुपन्देही, कास्की, दाङ, कैलाली लगातका जिल्लाका किसानले व्यावसायिक रूपमा कुखुरा पालन गरिरहेका छन् ।

त्यसो त व्यापारीहरूले लागतअनुसार मूल्य नपाएको भन्दै गत मंसिरमा १० दिनसम्म चल्ला उत्पादन बन्द गरेर चिकेन होलिडे मनाए । सोही समयमा उनीहरूले करिब ३० लाख चल्ला जिउँदै खाल्डोमा हालेका थिए भने २० लाख अण्डा नष्ट गरेका थिए ।

मूल्य पाउन गरिएको त्यो आन्दोलनको ४ महिना जबित्दै विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरस महामारीको असर पोल्ट्री व्यवसयमा पनि परेको छ ।

नेपाल ह्याचरी उद्योग संघका अनुसार एक सातामा ४५ लाख चल्ला उत्पादन हुन्छ तर १० दिनदेखि चल्ला उत्पादन ठप्प छ ।

‘सातामा ४५ लाख चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग अहिले ठप्प छ’ संघका अध्यक्ष टीकाराम पौडेलले भने, ‘कुखुरा बजारमा पठाउन नसक्दा थप कुखुरा राख्ने ठाउँ छैन ।’

लकडाउनका कारण बजारमा कुखुरासम्म पुर्‍याउन नसक्नु नै मुख्य समस्या रहेको अध्यक्ष पौडेलको भनाइ छ । ‘खोरमा रहेका कुखुरालाई दाना खुवाउन नसक्दा किसानहरू जिउँदै खाल्डोमा हाल्न थालिसकेका छन्,’ उनले प्रश्न गरे, ‘बजारमा कुखुरा पुग्न सकेको छैन किसानले दाना पाउँदैन अनि के गर्ने ? खाल्डोमा हाल्नु परेन ?’

उनका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झण्डै २२ करोड रुपैयाँ घाटा बेहोर्नु परेको छ । लकडाउनको अघिल्लो दिनबाट बजारमा कुखुरा ढुवानी हुन छोडेको पौडेलले खबरहबलाई बताए ।

अण्डाको माग बढ्दो, उत्पादन कम

लकडाउनका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको माग बढेको छ । अधिकांश मासु पसल बन्द छन् । उपभोक्ताले किनारा तथा खाद्य स्टोरबाट अण्डा खरिद गर्न पाउँछन् ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार अहिले दैनिक २५ लाख अण्डा उत्पादन भइरहेको छ । ‘पहिले दैनिक ३० लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो,’ केसीले खबरहबसँग भने, ‘अहिले ५ लाख अण्डा उत्पादन घटेको छ ।’ कुखुरालाई पर्याप्त दाना खुवाउन नसक्दा अण्डा उत्पादन घटेको उनको भनाइ छ ।

बजारमा अण्डाको माग बढिरहेको केसी बताउँछन् । ‘उपभोक्ताले अण्डा किनेर राख्न थालेकाले माग बढेको हो’ उनले भने, ‘अण्डा केही दिन राखेर पनि खाना सकिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ ।’

मागअनुसार बजारमा अण्डा पुर्‍याउन नसकेको केसीले बताए । ‘ढुवानीको समस्याले अण्डा पुर्‍याउन सकेका छैनौँ,’ उनले भने, ‘सरकारले किसानका खोरबाट बजारसम्म पुर्‍याउन ढुवानीको व्यवस्था गरिदिए बजारको मागअनुसार पुर्‍याउन सकिन्थ्यो ।’

संघका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ४७ करोड र गत वर्ष १ अर्ब ५६ करोड वटा उत्पादन भएको थियो ।

देशव्यापी लकडाउनमा पनि दैनिक २५ लाख वटा अण्डा उत्पादन भएको छ ।

सिमानाकामै रोकियो दाना

बजारमा दानाका अभाव भएको हो त ? नेपाल दाना उत्पादक संघका अध्यक्ष राजन पुरी भन्छन्, ‘भारत र अमेरिकाबाट आयत हुने कच्चा पदार्थ भित्रन छोडेपछि दानाको अभाव सिर्जना भएको छ ।’

कुखुराका लागि आवश्यक दैनिक ३ हजार २ सय मेट्रिक टन दानाको उत्पादन र आयत बन्द भएपछि अभाव देखिएको छ । कुखुराको खोर थोरै हुनु भनेको मासु र अण्डा पनि कम उत्पादन हुनु हो ।

कुखुराको दानामा पनि नेपाल परनिर्भर छ । कच्चा पदार्थ मकै, भटमासको पिना आदि आयातबाटै पूर्ति गर्ने गरेको अध्यक्ष पुरी बताउँछन् ।

उनका अनुसार कच्चा पदार्थको रूपमा प्रयोग हुने मकै भारतबाट र भटमास अमेरिकाबाट आउँछ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल र भारत दुवैतिरका नाका बन्द भएपछि कच्चा पदार्थ आयात रोकिएको छ ।

उनका अनुसार नेपालमा १११ वटा दाना उद्योगसँग करिब ५ दिनलाई पुग्ने कच्चा पदार्थमात्र बाँकी छ । ‘भारतबाट आएको दाना सिमानामै रोकिएको छ’ उनले भने, ‘लोड अनलोड गर्ने भरियादेखि सवारी चालक समेतले काम छोडेकाले तत्काल आयत गर्न मुस्किल छ ।’

दैनिक ३ हजार २ सय मेट्रिक टन दाना खपत हुने बजारमा अहिले १ हजार २ सय मेट्रिक टन मात्र गइरहेको छ । यसबाट ठूलो नोक्सानी बेहोर्नु परेको पुरीले बताए ।

बजार नियमित भएपछि भने अहिलेको नोक्सानीका कारणले करिब एक वर्ष कुखुराको अण्डा, मासु र चल्ला महँगो हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ३० बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट