चीनमा काेराेना संक्रमित ७६ हजार निको भए, अब २ हजार जनामा मात्रै स‌ंक्रमण « Khabarhub

चीनमा काेराेना संक्रमित ७६ हजार निको भए, अब २ हजार जनामा मात्रै स‌ंक्रमण


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो केही दिन यता नयाँ संक्रमणका घटना देखिएका छैनन् । संक्रमितहरुकाे निको हुने दर पनि उच्च रहेको छ ।

यूरोप तथा अमेरिकामा भयावह स्थिति आइरहँदा चीनमा भने अधिकांश संक्रमित निको भइसकेका छन् ।

चीनमा अहिलेसम्म कुल ८१ हजार ५५४ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाेमा ७६ हजार २३८ जना भने पूर्ण रूपमा निकाे भइसकेको जनाइएको छ ।

चीनमा हालसम्म काेराेनाका कारण ३ हजार ३१२ जनाले ज्यान गुमाएका छन् । अधिकांश संक्रमित निकाे भइसकेका छन् । अब २ हजार ४ जनामा मात्रै काेराेनाको संक्रमण रहेको जनाइएको छ ।  ती मध्ये गम्भीर केस भने ४६६ जनामा रहेकाे छ ।

गत डिसेम्बरको अन्तिम सातातिर चीनकाे वुहान शहरमा पहिलाेपटक देखापरेको कोरोना भाइरस अहिले विश्वका सबै देशमा फैलिसकेकाे छ ।

चीनमा भने यसकाे महामारी नियन्त्रणमा रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ५२ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द