चीनमा काेराेना संक्रमित ७६ हजार निको भए, अब २ हजार जनामा मात्रै स‌ंक्रमण « Khabarhub

चीनमा काेराेना संक्रमित ७६ हजार निको भए, अब २ हजार जनामा मात्रै स‌ंक्रमण


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो केही दिन यता नयाँ संक्रमणका घटना देखिएका छैनन् । संक्रमितहरुकाे निको हुने दर पनि उच्च रहेको छ ।

यूरोप तथा अमेरिकामा भयावह स्थिति आइरहँदा चीनमा भने अधिकांश संक्रमित निको भइसकेका छन् ।

चीनमा अहिलेसम्म कुल ८१ हजार ५५४ जनामा काेराेना भाइरसकाे संक्रमण देखा परेकाेमा ७६ हजार २३८ जना भने पूर्ण रूपमा निकाे भइसकेको जनाइएको छ ।

चीनमा हालसम्म काेराेनाका कारण ३ हजार ३१२ जनाले ज्यान गुमाएका छन् । अधिकांश संक्रमित निकाे भइसकेका छन् । अब २ हजार ४ जनामा मात्रै काेराेनाको संक्रमण रहेको जनाइएको छ ।  ती मध्ये गम्भीर केस भने ४६६ जनामा रहेकाे छ ।

गत डिसेम्बरको अन्तिम सातातिर चीनकाे वुहान शहरमा पहिलाेपटक देखापरेको कोरोना भाइरस अहिले विश्वका सबै देशमा फैलिसकेकाे छ ।

चीनमा भने यसकाे महामारी नियन्त्रणमा रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ५२ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन