लक्षण बिना नै दार्जिलिङमा चार जनालाई कोरोना संक्रमणको पुष्टि « Khabarhub

लक्षण बिना नै दार्जिलिङमा चार जनालाई कोरोना संक्रमणको पुष्टि


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामान्यतया कोरोना भाइरसको संक्रमण भएमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको जनाइए पनि लक्षणबिना नै पनि कोरोनाको संक्रमण हुन सक्ने समाचार सार्वजनिक भएको छ ।

कतिपय उपचारपछि निको भएर घर फर्किएकाहरुको अनुभवले समेत यस्तो देखाएको हो । हालै दार्जिलिङमा पनि एकै परिवारका चार जनालाई विना लक्षण कोरोना संक्रमण भएको पाइएको छ ।

दार्जिलिङमा एक बालिका सहित एकै परिवारका चार जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

गएको सोमबार कोरोना संक्रमणका कारण ज्यान गुमाउने कालेबुङ कि एक महिलाको परिबारका चार जनालाई कोरोना संक्रमणको भएको जनाइएको छ ।

उनीहरूको उत्तर बंगाल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। उत्तर बंगाल मेडिकल कलेजका अनुसार चारैजनाको रिपोर्ट बुधवार कोरोना पोजिटिभ आएको हो।

सबैजनाको रिपोर्ट पोजिटिभ आए पनि उनीहरूमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : ०४ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द