लक्षण बिना नै दार्जिलिङमा चार जनालाई कोरोना संक्रमणको पुष्टि « Khabarhub

लक्षण बिना नै दार्जिलिङमा चार जनालाई कोरोना संक्रमणको पुष्टि


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामान्यतया कोरोना भाइरसको संक्रमण भएमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको जनाइए पनि लक्षणबिना नै पनि कोरोनाको संक्रमण हुन सक्ने समाचार सार्वजनिक भएको छ ।

कतिपय उपचारपछि निको भएर घर फर्किएकाहरुको अनुभवले समेत यस्तो देखाएको हो । हालै दार्जिलिङमा पनि एकै परिवारका चार जनालाई विना लक्षण कोरोना संक्रमण भएको पाइएको छ ।

दार्जिलिङमा एक बालिका सहित एकै परिवारका चार जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

गएको सोमबार कोरोना संक्रमणका कारण ज्यान गुमाउने कालेबुङ कि एक महिलाको परिबारका चार जनालाई कोरोना संक्रमणको भएको जनाइएको छ ।

उनीहरूको उत्तर बंगाल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। उत्तर बंगाल मेडिकल कलेजका अनुसार चारैजनाको रिपोर्ट बुधवार कोरोना पोजिटिभ आएको हो।

सबैजनाको रिपोर्ट पोजिटिभ आए पनि उनीहरूमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ९ : ०४ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत