बृद्ध हुँदैमा कोरोनाले मरिन्न, भारतमा ९२ बर्षीय बृद्ध उपचारपछि निको « Khabarhub

बृद्ध हुँदैमा कोरोनाले मरिन्न, भारतमा ९२ बर्षीय बृद्ध उपचारपछि निको


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण बृद्धबृद्धा र वालावालिका बढी जोखिममा भनिरहँदा त्यस्तो तर्कलाई भारतीय एक दम्पतिले असत्य सावित गरिदिएका छन् ।

भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमित ९३ वर्षिय एक पुरुष र उनकी ८८ वर्षीया उनकी श्रीमती कोरोना मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

दुबै जनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भए पनि अन्तिम परीक्षणमा कोरोना नदेखिएपछि उनीहरुलाई घर पठाइने तयारी गरिएको छ ।

दक्षिणी भारतको केरला राज्यका दम्पत्ती आफ्नो छोरी र ज्वाईको सम्पर्कमा आउँदा कोभिड–१९ बाट संक्रमित भएका थिए । दम्पत्तीकी छोरी र ज्वाई इटालीबाट फर्केका थिए ।

बीबीसीका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप र मधुमेहका बिरामी समेत थिए । विश्वब्यापी रुपमा उच्च रक्तचाप र मधुमेहका बिरामी कोभिड–१९ को संक्रमित भए मृत्युको जोखिम उच्च रहने अनुमान गरिएको छ । उनलाई २४ घण्टासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संक्रमित दुबैजनालाई केरलाको कोट्टायम मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

 

 

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ०० बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन