डा बाबुराम भट्टराईको प्रश्न : के पूरै सरकार डिप्रेसनमा हो ? « Khabarhub

डा बाबुराम भट्टराईको प्रश्न : के पूरै सरकार डिप्रेसनमा हो ?


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामलाई लिएर कडा व्यंग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा के पूरै सरकार डिप्रेसनमा गएको हो ? भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीको अन्तर्वार्ता पढ्दा पूरै सरकार डिप्रेसनमा पुगेको हो कि भन्ने अवस्थान आएको भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले रक्षा मन्त्री पोखरेलले अस्वस्थ प्रधानमन्त्री केपी ओलीको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालेको भन्दै उनले सरकार डिप्रेसनमा गएको हो ? भन्ने प्रश्न गरेका हुन्।

उनले ट्वीटमा लेखेका छन्-विपत्ती एक्लै आउँदैन भनेको साँच्चै हो कि क्या हो?अस्वस्थ प्रमको अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालिरहनुभएका ईश्वर पोखरेलको अल्पभाषी अन्तर्वार्ता पढ्दा र अर्थ,परराष्ट्र लगायतका केही आशा गरिएका मन्त्रीहरूको कुरा सुन्दा पूरै सरकार डिप्रेसनमा हो कि क्या हो?’, उनको ट्वीटम उल्लेख छ।

नयाँ पत्रिकामा पोखरेलको छापिएको अन्तर्वार्तालाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन्।

बाबुराम भट्टराईको ट्वीट यस्तो छ

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : ३० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने