नेपालीलाई सीमानामा राख्नु अमानवीय : श्रेष्ठ « Khabarhub

नेपालीलाई सीमानामा राख्नु अमानवीय : श्रेष्ठ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमानामा नेपालीलाई अलपत्र राख्नु गैरजिम्मेवारी भएको बताएका छन् ।

उनले अलपत्र परेकालाई तत्काल विशेष क्वारेन्टाइनमा राख्नु पर्ने बताए ।

बिहिबार सामाजिक सञ्जाल मार्फत प्रवक्ता श्रेष्ठले सिमानामा आइसकेकालाई देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै नसक्ने बताए ।

उनले लेखेका छन्, नेपालभित्र प्रबेश गरिसकेका नेपालीहरुलाई सिमानामा अलपत्ररुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय ,गैरजिम्मेवार र दुखद् हो।उनीहरुलाई क्वारान्टिनमा राख्न कसैको आदेश चाहिदैन।तत्काल बिषेश क्वारानटिनमा राखौं।’

प्रवक्ता श्रेष्ठले सिमामा अलपत्र परेका नेपाली देशभित्र ल्यमउन व्यवहारीक रूपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुल्ला आकाशमुनी राख्न नहुने  जिकिर गरेका छन्।

उनी लेख्छन्, नेपालीहरुलाई सरकारले अहिलेको सन्दर्भमा देशभित्र ल्याउन ब्यबहारिकरुपमा सम्भव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सिमानामै खुला आकाशमुनि राखिराख्नु हुनै सक्दैन। सुन्नै नसकिने यो कुरा सँघीय सरकारको नीति हो भनेर कसले भनेको वा ब्यख्या गरेको? हुनै सक्दैन।’

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको त्रासले सरकारले सिमा नाका बन्द गरेपछि रोजगारीका लागि भारत गएका नेपाली अलपत्र परेका छन् । उनीहरुले आफुहरुलाई घर जान दिनुपर्ने माग राख्दै नारावाजिसमेत गरेकाछन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै