कतारको क्वारेन्टाइनमा रहेका नेपाली श्रमिकले पूरै तलव पाउने « Khabarhub

कतारको क्वारेन्टाइनमा रहेका नेपाली श्रमिकले पूरै तलव पाउने


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कतारको क्वारेनटाइनमा रहेका नेपाली श्रमिकको पूरै तलव दिइने भएको छ ।

कतारमा कोरोनाको संक्रमण बढेपछि आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतार सरकारले लकडाउन गरेको थियो ।

लकडाउनपछि नयहाँ रहेका श्रमिकहरु क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा श्रमिकहरु परिरहँदा कतार सरकारले उनीहरु कसैको पनि तत्काल तलव कटौती नगरिने जानकारी दिएको छ ।

मंगलबार कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको हो ।

त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ । कतारमा २ हजार भन्दा बढी नेपाली क्वारेन्टाइनमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : १४ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक