कतारको क्वारेन्टाइनमा रहेका नेपाली श्रमिकले पूरै तलव पाउने « Khabarhub

कतारको क्वारेन्टाइनमा रहेका नेपाली श्रमिकले पूरै तलव पाउने


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कतारको क्वारेनटाइनमा रहेका नेपाली श्रमिकको पूरै तलव दिइने भएको छ ।

कतारमा कोरोनाको संक्रमण बढेपछि आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतार सरकारले लकडाउन गरेको थियो ।

लकडाउनपछि नयहाँ रहेका श्रमिकहरु क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा श्रमिकहरु परिरहँदा कतार सरकारले उनीहरु कसैको पनि तत्काल तलव कटौती नगरिने जानकारी दिएको छ ।

मंगलबार कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको हो ।

त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ । कतारमा २ हजार भन्दा बढी नेपाली क्वारेन्टाइनमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ११ : १४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको