कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन « Khabarhub

कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको बुधबार नमूना सङ्कलन गरिएको छ । दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना सङ्कलन गरिएको अस्पतालले जनाएको छ ।

सङ्कलित स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने अस्पतालको आकस्मिक विभाग प्रमुख डा.जगदीश जोशीले बताए । सङ्क्रमितका परिवारका सदस्याको नमूना सङ्कलन गर्न जरुरी नदेखिएको भन्दै यस अघि नमूना सङ्कलन गरिएको थिएन । सङ्क्रमित धनगढीका ३४ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बुधबारसम्म पाँच स्वास्थ्यकर्मीसहित ३९ जनाको स्वाब नमूना परीक्षणका लागि पठाइएकामा एक जनामा पोजेटिभ, २५ मा नेगेटिभ देखिएको र अन्य १३ को जानकारी आउन बाँकी रहेकोे अस्पतालले जनाएको छ ।

नेपाल सरकारले कारोनाको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालका लागि पठाएको पोर्टेबल पिसिआर मेसिनको जडान भइरहको छ । यो उपकरणबाट नमूनाको परीक्षण शुरु गरिएपछि यस अघिसम्म नमूना जाँचका लागि काठमाडौँ पठाउनुपर्ने समस्या समाधान हुने छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाभरि विभिन्न ठाउँमा बुधबारसम्म ३५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाको शङ्कास्पद सात जनालाई आइसोलेसनमा राखिएको छ । अहिलेसम्म आइसोलेसनबाट १९ जना उपचारपछि फिर्ता भएको जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ११ : २६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,