कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन « Khabarhub

कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको बुधबार नमूना सङ्कलन गरिएको छ । दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना सङ्कलन गरिएको अस्पतालले जनाएको छ ।

सङ्कलित स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने अस्पतालको आकस्मिक विभाग प्रमुख डा.जगदीश जोशीले बताए । सङ्क्रमितका परिवारका सदस्याको नमूना सङ्कलन गर्न जरुरी नदेखिएको भन्दै यस अघि नमूना सङ्कलन गरिएको थिएन । सङ्क्रमित धनगढीका ३४ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बुधबारसम्म पाँच स्वास्थ्यकर्मीसहित ३९ जनाको स्वाब नमूना परीक्षणका लागि पठाइएकामा एक जनामा पोजेटिभ, २५ मा नेगेटिभ देखिएको र अन्य १३ को जानकारी आउन बाँकी रहेकोे अस्पतालले जनाएको छ ।

नेपाल सरकारले कारोनाको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालका लागि पठाएको पोर्टेबल पिसिआर मेसिनको जडान भइरहको छ । यो उपकरणबाट नमूनाको परीक्षण शुरु गरिएपछि यस अघिसम्म नमूना जाँचका लागि काठमाडौँ पठाउनुपर्ने समस्या समाधान हुने छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाभरि विभिन्न ठाउँमा बुधबारसम्म ३५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाको शङ्कास्पद सात जनालाई आइसोलेसनमा राखिएको छ । अहिलेसम्म आइसोलेसनबाट १९ जना उपचारपछि फिर्ता भएको जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना