कोभिड–१९’बाट विश्वमा ४७ हजार २४५ को मृत्यु, ९ लाख ३६ हजार ५० संक्रमित « Khabarhub

कोभिड–१९’बाट विश्वमा ४७ हजार २४५ को मृत्यु, ९ लाख ३६ हजार ५० संक्रमित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ ।

पछिल्लो विवरणअनुसार संंसारभरि नौ लाख ३६ हजार ५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य ।

इटालीमा १ लाख १० हजार ५७४ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार १५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८४७ निको भएर फर्किएका छन् ।

स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख १५ हजार ३०० कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ११० को मृत्यु भएको छ ।यसैबीच ८ हजार ८७८ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५६ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने, चार हजार ३२ को मृत्यु भएको छ । यसैबीच १० हजार ९३५ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् ।

इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३६ को मृत्यु भएको छ । यसैबीच १५ हजार ४७३ निको भएर फर्किएका छन् ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ३५२ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १३ हजार ६१४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १७३ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।

जर्मनीमा ७७ हजार ९८१ कुल भएका छन् भने, ९३१ को मृत्यु भएको छ । यसैबीच १८ हजार ७०० निको भएर फर्किएका छन् ।

बेल्जियममा १३ हजार ९६४ कुल सङ्क्रमित भएका छन् भने, ८२८ को मृत्यु भएको छ । यसैबीच २ हजार १३२ निको भएर फर्किएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको