थप स्वास्थ्य सामग्री ल्याउन चीन उड्यो नेपाल एयरलाइन्सको वाइड बडी « Khabarhub

थप स्वास्थ्य सामग्री ल्याउन चीन उड्यो नेपाल एयरलाइन्सको वाइड बडी


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।

कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर बिहीबार राति नै काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि बिहीबार राति नै फर्कने उडान तालिका रहेको छ ।

यसअघि चैत १६ गते निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो । देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका साङ्घाईलगायत गन्तब्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  १ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको