चन्द्रागिरिका १५२ जना ‘होम क्वारेन्टाइनमा’ « Khabarhub

चन्द्रागिरिका १५२ जना ‘होम क्वारेन्टाइनमा’


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ ।

कारोना भाइरस कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै सो नगरपालिकाले १५२ जनाको नामावली सङ्कलन गरेको हो ती सबैलाई ‘होम क्वारेन्टाइन’ राखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र रहेका अनाथ, असाहय, गरिब र मजदूरका लागि राहत वितरण मापदण्ड तयार गरेको छ ।

नगरपालिकाले बनाएको मापदण्डअनुसार तीन जनाको परिवारलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ ।

राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफूले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

नगरपालिकाले थानकोटमा रहेको नगरस्तरीय अस्पताललाई क्वारेन्टाइन निर्माण गर्नका लागि छलफल गरिरहेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले थानकोट अस्पताल र दहचोकमा रहेको मनमोहन अस्पताललाई क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

नगरपालिकाले उक्त दुई अस्पताललाई क्वारेन्टाइन बनाए झण्डै ५० क्षमताको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण हुनेछ । यस्तै, नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म र भित्री बजार क्षेत्रमा किटनाशक औषधि छर्किसकेको छ ।

चन्द्रागिरिमा कोठा लिएर बस्ने मजदूर तथा विद्यार्थीलाई सम्बन्धित व्यक्तिको घरसम्म पु¥याउनका लागि बसको व्यवस्थासमेत नगरपालिकाले मिलाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  २ : ३७ बजे

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको