चन्द्रागिरिका १५२ जना ‘होम क्वारेन्टाइनमा’ | Khabarhub Khabarhub

चन्द्रागिरिका १५२ जना ‘होम क्वारेन्टाइनमा’


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ ।

कारोना भाइरस कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै सो नगरपालिकाले १५२ जनाको नामावली सङ्कलन गरेको हो ती सबैलाई ‘होम क्वारेन्टाइन’ राखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र रहेका अनाथ, असाहय, गरिब र मजदूरका लागि राहत वितरण मापदण्ड तयार गरेको छ ।

नगरपालिकाले बनाएको मापदण्डअनुसार तीन जनाको परिवारलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ ।

राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफूले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

नगरपालिकाले थानकोटमा रहेको नगरस्तरीय अस्पताललाई क्वारेन्टाइन निर्माण गर्नका लागि छलफल गरिरहेको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीले थानकोट अस्पताल र दहचोकमा रहेको मनमोहन अस्पताललाई क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

नगरपालिकाले उक्त दुई अस्पताललाई क्वारेन्टाइन बनाए झण्डै ५० क्षमताको सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण हुनेछ । यस्तै, नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म र भित्री बजार क्षेत्रमा किटनाशक औषधि छर्किसकेको छ ।

चन्द्रागिरिमा कोठा लिएर बस्ने मजदूर तथा विद्यार्थीलाई सम्बन्धित व्यक्तिको घरसम्म पु¥याउनका लागि बसको व्यवस्थासमेत नगरपालिकाले मिलाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  २ : ३७ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध