अब ७ वटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण « Khabarhub

अब ७ वटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोविड–१९) को नमूना परीक्षण सातै प्रदेशबाट गर्ने गरी सबै तयारी पूरा गरेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

प्रदेश नं २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को वुटवल र वाग्मती प्रदेशको हेडौँडामा आजदेखि नमूना परीक्षण गर्ने गरी सबै तयारी पूरा भइसकेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरण सहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ३ : २१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,