राहत बोकेर टोल—टोलमा पुग्दै २९ वडाका अध्यक्ष ढकाल « Khabarhub

राहत बोकेर टोल—टोलमा पुग्दै २९ वडाका अध्यक्ष ढकाल


२० चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण खाना र खाजा खान नपाउनेहरुलाई महानगरले दिने राहतको प्याकेट बोकेर वडा २९ आज टोल—टोलमा गएको छ ।

महानगरीय प्रहरी वृत्त र सामुदायिक प्रहरीको सहयोग लिएर राहत वितरणका लागि आपूर्ति तथा राहत वितरण व्यवस्थापन समिति टोलमा पुगेको हो ।

त्यस क्रममा संघीय संसद सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि सहभागी भएका थिए ।

गएको मंगलबार वडा समितिले वडाध्यक्ष कुश ढकालको संयोजकत्वमा वडा समितिका पदाधिकारी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख, राष्ट्रिय अनुसन्धान र सामुदायिक प्रहरीका प्रतिनिधिसहितको समिति गठन गरेको थियो । वडा सचिव सुबोध खड्का समितिको सदस्य सचिवका रुपमा रहेका छन् ।

आज कालिञ्चोक मार्ग, रुद्रमती मार्ग, सहयोग मार्गलगायतका ठाउँमा रहेका अति बिपन्न, असहाय र दैनि ज्यालामजदुरी गरेर खानेहरुलाई सामाग्री दिइएको हो ।

वडाध्यक्ष कुश ढकालले राहत वितरणको जानकारी दिँदै भने, — खाना समस्या भएकाहरुलाई खोजेर राहत दिइरहेका छौं । कति छन् त वडामा राहत दिनुपर्ने मानिसहरु भन्ने प्रश्नको उत्तरमा अध्यक्ष ढकाल भन्छन्,— यस बर्गका मानिसहरुको यस अघि तथ्याङ्क लिइएको छैन ।

फेरि यस बर्गका मानिसहरुको बसोकास स्थिर नहुन सक्छ । यसलाई अद्यावधिक गर्ने प्रणाली पनि नभएकोले अहिले नै संख्या भन्न कठिन छ ।
१० हजार ६ सय ७४ मतदाता रहेको यस वडामा प्रमुख प्रशासनिक सचिवालय सिंहदरबार, अनामनगर, सेतोपुललगायतका ठाउँ पर्छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : २१ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती