राहत बोकेर टोल—टोलमा पुग्दै २९ वडाका अध्यक्ष ढकाल | Khabarhub Khabarhub

राहत बोकेर टोल—टोलमा पुग्दै २९ वडाका अध्यक्ष ढकाल


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण खाना र खाजा खान नपाउनेहरुलाई महानगरले दिने राहतको प्याकेट बोकेर वडा २९ आज टोल—टोलमा गएको छ ।

महानगरीय प्रहरी वृत्त र सामुदायिक प्रहरीको सहयोग लिएर राहत वितरणका लागि आपूर्ति तथा राहत वितरण व्यवस्थापन समिति टोलमा पुगेको हो ।

त्यस क्रममा संघीय संसद सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि सहभागी भएका थिए ।

गएको मंगलबार वडा समितिले वडाध्यक्ष कुश ढकालको संयोजकत्वमा वडा समितिका पदाधिकारी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख, राष्ट्रिय अनुसन्धान र सामुदायिक प्रहरीका प्रतिनिधिसहितको समिति गठन गरेको थियो । वडा सचिव सुबोध खड्का समितिको सदस्य सचिवका रुपमा रहेका छन् ।

आज कालिञ्चोक मार्ग, रुद्रमती मार्ग, सहयोग मार्गलगायतका ठाउँमा रहेका अति बिपन्न, असहाय र दैनि ज्यालामजदुरी गरेर खानेहरुलाई सामाग्री दिइएको हो ।

वडाध्यक्ष कुश ढकालले राहत वितरणको जानकारी दिँदै भने, — खाना समस्या भएकाहरुलाई खोजेर राहत दिइरहेका छौं । कति छन् त वडामा राहत दिनुपर्ने मानिसहरु भन्ने प्रश्नको उत्तरमा अध्यक्ष ढकाल भन्छन्,— यस बर्गका मानिसहरुको यस अघि तथ्याङ्क लिइएको छैन ।

फेरि यस बर्गका मानिसहरुको बसोकास स्थिर नहुन सक्छ । यसलाई अद्यावधिक गर्ने प्रणाली पनि नभएकोले अहिले नै संख्या भन्न कठिन छ ।
१० हजार ६ सय ७४ मतदाता रहेको यस वडामा प्रमुख प्रशासनिक सचिवालय सिंहदरबार, अनामनगर, सेतोपुललगायतका ठाउँ पर्छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ४ : २१ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध