लकडाउनको समयमा महँगोमा आलू, प्याज र माछा बेच्ने दुई जना पक्राउ « Khabarhub

लकडाउनको समयमा महँगोमा आलू, प्याज र माछा बेच्ने दुई जना पक्राउ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – लकडाउनको मौका छोपी कालोबजारीमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा महगोमा माछा बेचिरहेका भारत विहार जिल्ला मधुवन्नी बस्ने बर्ष ३१ का संजिव सहनी र महगोमा आलु प्याज बेच्ने कार्यमा संलग्न रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ कपिलेश्वर वर्ष ३२ का सरोज कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहनीले माछा प्रति किलो पाँचस तथा साहले आलु ५५ र प्याज ६० मा बिक्री गरिरहेको आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ५ : ०८ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन