लकडाउनको समयमा महँगोमा आलू, प्याज र माछा बेच्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

लकडाउनको समयमा महँगोमा आलू, प्याज र माछा बेच्ने दुई जना पक्राउ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – लकडाउनको मौका छोपी कालोबजारीमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार लकडाउनको मौका छोपी कालोबजारी गर्ने दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा महगोमा माछा बेचिरहेका भारत विहार जिल्ला मधुवन्नी बस्ने बर्ष ३१ का संजिव सहनी र महगोमा आलु प्याज बेच्ने कार्यमा संलग्न रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ कपिलेश्वर वर्ष ३२ का सरोज कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहनीले माछा प्रति किलो पाँचस तथा साहले आलु ५५ र प्याज ६० मा बिक्री गरिरहेको आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ५ : ०८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी