पसलहरुमा अनिवार्य मूल्य सूची राख्न ललितपुर महानगरको निर्देशन | Khabarhub Khabarhub

पसलहरुमा अनिवार्य मूल्य सूची राख्न ललितपुर महानगरको निर्देशन


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका किराना पसल, फलफूल तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरुलाई अनिवार्य रुपमा मूल्य सूची राख्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिज्ञप्ति जारी गर्दै उपभोक्ताले देख्नेगरी मूल्य सूची  राख्न निर्देशन दिएको हो ।

मूल्य सूची भए- नभएको अनुगमन सम्बन्धित वडा अध्यक्ष र सदस्यहरुले गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तिमा भनिएको छ, ‘मूल्य सूची राखेको नपाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।’

कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनको निर्णय पछि बजारमा कृत्रिम अभाव सिर्जना भएको जनगुनासो प्राप्त भएसँगै महानगरल मूल्य सूची राख्न महानगर क्षेत्रका पसलहरुलाई निर्देशन दिएको हो ।

त्यसैगरी महानगरले विभिन्न संघसंस्था एवं गैरसरकारी संस्थाले खाद्यान्न सामाग्रीहरु राहतको रुपमा वितरण गर्दा महानगरपालिकाको सम्बन्धित वडा कार्यालयको स्वीकृति लिएर मात्रै गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ५० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र