पसलहरुमा अनिवार्य मूल्य सूची राख्न ललितपुर महानगरको निर्देशन « Khabarhub

पसलहरुमा अनिवार्य मूल्य सूची राख्न ललितपुर महानगरको निर्देशन


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका किराना पसल, फलफूल तथा दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरुलाई अनिवार्य रुपमा मूल्य सूची राख्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिज्ञप्ति जारी गर्दै उपभोक्ताले देख्नेगरी मूल्य सूची  राख्न निर्देशन दिएको हो ।

मूल्य सूची भए- नभएको अनुगमन सम्बन्धित वडा अध्यक्ष र सदस्यहरुले गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ । बिज्ञप्तिमा भनिएको छ, ‘मूल्य सूची राखेको नपाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।’

कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल सरकारले गरेको लकडाउनको निर्णय पछि बजारमा कृत्रिम अभाव सिर्जना भएको जनगुनासो प्राप्त भएसँगै महानगरल मूल्य सूची राख्न महानगर क्षेत्रका पसलहरुलाई निर्देशन दिएको हो ।

त्यसैगरी महानगरले विभिन्न संघसंस्था एवं गैरसरकारी संस्थाले खाद्यान्न सामाग्रीहरु राहतको रुपमा वितरण गर्दा महानगरपालिकाको सम्बन्धित वडा कार्यालयको स्वीकृति लिएर मात्रै गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : ५० बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक