बाँकेको जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार | Khabarhub Khabarhub

बाँकेको जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल भारत सीमाना जमूनाह नाकामा अलपत्र १८१ जनाको उद्धार गरिएको छ ।

सीमामा अलपत्र नेपालीलाई जयसपुरमा अस्थायी पाल निर्माण गरि राखिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज र जयसपुरमा निर्माणाधिन एकीकृत जाँच चौकीमा क्वारेन्टाईन निर्माण गरि भारतबाट फर्केका नेपालीहरुलाई राखेको छ ।

सीमा नाकामा अलपत्र नेपालीहरुलाई नेपाली भूमीमै ब्यवस्थापन गरिएको हो । भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका नेपालीहरुको खानपान, स्वास्थ्य, सरसफाई र खानेपानी लगायत अत्यावश्यक ब्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिए ।

नगर प्रमुख डा. राणाले विहिवार विज्ञप्ति निकालेर क्वारेन्टाईन निर्माण गरिएको स्थानमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको जानकारी दिएका छन् ।

नगर प्रमुख राणाले भारतबाट फर्केका नेपाली नागरिकको सहयोगको लागि एकद्धार प्रर्णालीमार्फत सहयोगका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ४२ बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत