मोरङ- सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस कोभिड १९ को परीक्षणका लागि विहीबारसम्म ५९ जनाकाे नमूना संकलन गरिएको छ ।
बिहीबार प्रदेश एकको विभिन्न स्थानबाट शंकास्पद ५ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार सोलुखुम्बुबाट ३ र ओखलढुंगाबाट २ जनाको स्वाब संकलन गरिएको हो। यससंगै प्रदेश एकमा हालसम्म ५९ जनाको स्वाब संकलन गरिएको र त्यसमा ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
भाइरसको शंकास्पद ४५ जना पुरुष र १४ जनाको नमूना संकलन गरिएको डा. मेहताले जानकारी दिए।
डा. मेहताका अनुसार हालसम्म कोरोना भाईरसका शंकास्पद १ सय ८८ जना विरामीले अस्पतालमा नाम दर्ता गराएका छन्।
जसमा सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्वुुबाट समान पाँच, उदयपुर र पाँचथरबाट समान दुइजनाले नाम दर्ता गराएका हुन्।
त्यसैगरी हालसम्म प्रदेशमा ६ जना पुरुष र ५ जना महिला गरि कुल ११ जना आईसोलेसनमा भर्ना भएका छन् ।
प्रतिक्रिया