कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको १ करोड १ लाख सहयोग « Khabarhub

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको १ करोड १ लाख सहयोग


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बैंकलाई धन्यवाद दिएका थिए ।

बैंकले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा आप्mनो उपस्थिति जनाउँदै आएको छ ।

बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराएको यो सहयोग राशीबाट कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ४३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ