कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख ९८ हजारबढी संक्रमित « Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३३ लाख ९८ हजारबढी संक्रमित


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ७८ हजार ९१४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३५५ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ९९ हजार ६३ जना संक्रमित छन् । एकै दिन २५ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ३७ हजार ४०९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख १९ हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ४२ हजार २४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १८ हजार ०२७ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजार ८४१ पुगेको छ । अहिलेसम्म १८ हजार ९६१ ले ज्यान गुमाएका छन् । २ लाख ७५ हजार ५३२ जना उपचारपछि फर्किएका छन् । २ लाख ३९ हजार ९०८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ६२८ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख २४ हजार ९४० जना संक्रमित भएका छन् । ७१ हजार ७७५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ५३ हजार ३८९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७२७ जनाको अवस्था गम्भीर छ । १ लाख ९९ हजार ७७६ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९० हजार ९९ जनामा संक्रमण देखिएको छ । ९ हजार ४८० जनाले ज्यान गुमाएका छन् । ६३ हजार ९०५ जना निको भएका छन् भने १ लाख १६ हजार ७१४ जना उपचाररत छन् । ९ हजार ८१२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ४१ हजार ४४६ संक्रमित भएका छन् । १ हजार ६९१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३४८ जना संक्रमित भएका छन् । ११२ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्‍याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ६ : ११ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा