ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जले « Khabarhub

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागी, ७ घर जले


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ ।

गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।

आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साढे ७ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक घरबाट अर्को घरमा फैलन नदिने गरी २ घण्टाजतिमा आगो नियन्त्रणमा लिइए पनि पूर्णरुपमा निभाउन भने विहान साढे ५ बजेसम्म लागेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

हरेक वर्षजस्तो आगलागी हुँदै आएको ताप्लेजङमा यसअघि २०७१ सालको आगलागीमा ९० परिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : १६ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको