मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने « Khabarhub

मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरको मौसम मंगलबारअघि सुधार नहुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

महाशाखाका अनुसार अहिले पनि मुलुकको पूर्वी भू-भागमा वर्षा भइरहेको छ । आज दिउँसो मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले वर्षा जारी रहने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार अहिले पूर्वी भू-भागमा सामान्य वदली र मध्य पहाडी भू-भागमा आंशिक वदली भइ बाँकी भू-भागमा मौसम सफा भएपनि दिउँसोसम्म वर्षा हुने सम्भावना छ ।

दिउँसोसम्म देशका मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भागमा सामान्य वदली भई देशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ५८ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २