बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार
बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्।
नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।

प्रहरीका अनुसार बाढीका कारण हालसम्म २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा क्षति भएका छन्।
यस्तै, तीन वटा हाइड्रोपावर आयोजनामा क्षति पुग्नुका साथै यातायात र आवतजावत ठप्प हुने गरी २ वटा पक्की पुल र २ वटा झोलुङ्गे पुल बाढीले बगाएको छ।
क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण
बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए
बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज
कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे
बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन
बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार
बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?
हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)
नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ ।

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ । नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादशैंको सुरुवातका रूपमा लिइन्छ ।
केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग
दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो
बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो
बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)
रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी
आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल विजयी भएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्यो ।
नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यानडाले ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ११ रन मात्रै बनायो ।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए । ४९ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै, अमित गोहेलले ५९ बलमा ३५ रन जोडे ।
प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई
क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती
क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता
पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला संघीय सरकारले त्यहाँ संकटकाल जारी गर्दै गभर्नर शासन लागू गरेको छ ।
राष्ट्रपति आसिफ अली जर्दारीले संघीय मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति दिएसँगै संविधानको धारा २३२ र २३४ बमोजिम यो कदम चालिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्रान्तमा आतंकवादविरुद्धको लडाइँबाट पाकिस्तान तहरिक ए इन्साफ पीटीआई पार्टी नेतृत्वको प्रदेश सरकार जानाजान पछि हटिरहेको निष्कर्ष निकाल्दै उक्त कदम चाल्ने निर्णय गरेको थियो ।
यस निर्णय लगत्तै पेसवार र त्यसका केही वरपरका क्षेत्रमा मोबाइल नेटवर्क, डाटा सेवा र इन्टरनेटमा अवरोध देखा परेको छ भने सहरमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति र कन्टेनर राखेर सडकहरू बन्द गरिएको छ।
जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो
रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी
हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के
भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध
रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते
जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना : प्रतिवेदन
रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व
रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते














प्रतिक्रिया