हिमपहिरोमा पुरिएका सात जनाकै शव फेला « Khabarhub

हिमपहिरोमा पुरिएका सात जनाकै शव फेला


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिङ्कु केभ क्षेत्रमा हिमपहिरोमा पुरिएका सात जनाकै शव सेनाले फेला पारेको छ ।

शुक्रबार २ जनाको शव फेला परेसँगै तीन महिनाअघि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको हो ।

नेपाली सेनाले शुक्रबार एक जना नेपाली र एक जना कोरियन नागरिकको शव फेला पारेको जनाएको छ ।

गत माघ ३ गते गएको हिमपहिरोमा ३ जना नेपाली गाइड र ४ जना कोरियन पर्यटकहरु पुरिएका थिए ।

तीमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १० : २८ बजे

दुईतिहाइको नेकपा र ओली सम्झिँदै गगनले बालेनलाई भने : बहुमत छ भन्दैमा जे पनि गर्न पाइँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनादेशलाई सम्मान गर्दै राष्ट्रिय

कीर्तिपुरमा दिनदहाडै धारिलो हतियारबाट युवकको हत्या

काठमाडौं–  काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु

‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना