नेकपा सचिवालय बैठक बस्दै, नेताहरु आन्तरिक छलफलमा « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, नेताहरु आन्तरिक छलफलमा


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको बैठकमा जोड दिनेछन् भने ओली समूहले त्यसको प्रतिवाद गर्ने तयारी गरेको छ ।

त्यसका लागि दुबै पक्षले आन्तरिक छलफलसहितका तयारी तीव्र पारेका छन् । विवाद मिलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री ओलीले शुक्रबार पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

सो भेटघाटलगत्तै प्रचण्डले माधव कुमार नेपालसँग पनि भेटघाट गरेपछि प्रचण्डसँग सहमति नभएको अड्कलवाजी भएको छ ।

कोटेश्वरमा भएको नेपाल – प्रचण्ड भेटमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओलीले पहिला राजीनामा दिनपर्नेबारे धारणा राख्नेगरी तयारी गरेको बताइएको छ ।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नै दिनुपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाइनु पर्ने र त्यसका लागि कोराना भाइरसको महामारी अन्त्य हुनुपर्ने सर्त राखेको समाचारहरु सार्वजनिक भएका थिए ।

अध्यादेश फिर्ता लिएपछि पनि अर्को पक्षले सोही विषयलाई लिएर समस्या पार्न खोजेपछि प्रधानमन्त्री ओलीले संकट समाधानका लागि सक्रियता अझ  बढाएका छन् ।

उनले आफूनिकटका सांसददेखि प्रधानन्यायाधीश र शुक्रबार राति अख्तियार प्रमुख नवीन घिमिरेसम्मलाई भेटेका छन् । ओलीनिकट समूह आज पनि विहानैदेखि सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारेको गृहकार्यमा जुटेको बताइएको छ ।

यसका लागि ओलीका अत्यन्तै विश्वासपात्र मानिएका केही सचिवालय सदस्य र मन्त्रीहरु खटिएको स्रोतले जनाएको छ ।

राजनीतिक र गैह्रराजनीतिक व्यक्तिहरुसँग भएका ती सबै भेटघाटलाई नेकपाभित्र बढेको विवादले सृजित राजनीतिक दाउपेचकै उपज भएको ब्याख्या गरिँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ०३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको