नेकपा सचिवालय बैठक बस्दै, नेताहरु आन्तरिक छलफलमा « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, नेताहरु आन्तरिक छलफलमा


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको बैठकमा जोड दिनेछन् भने ओली समूहले त्यसको प्रतिवाद गर्ने तयारी गरेको छ ।

त्यसका लागि दुबै पक्षले आन्तरिक छलफलसहितका तयारी तीव्र पारेका छन् । विवाद मिलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री ओलीले शुक्रबार पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

सो भेटघाटलगत्तै प्रचण्डले माधव कुमार नेपालसँग पनि भेटघाट गरेपछि प्रचण्डसँग सहमति नभएको अड्कलवाजी भएको छ ।

कोटेश्वरमा भएको नेपाल – प्रचण्ड भेटमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओलीले पहिला राजीनामा दिनपर्नेबारे धारणा राख्नेगरी तयारी गरेको बताइएको छ ।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नै दिनुपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाइनु पर्ने र त्यसका लागि कोराना भाइरसको महामारी अन्त्य हुनुपर्ने सर्त राखेको समाचारहरु सार्वजनिक भएका थिए ।

अध्यादेश फिर्ता लिएपछि पनि अर्को पक्षले सोही विषयलाई लिएर समस्या पार्न खोजेपछि प्रधानमन्त्री ओलीले संकट समाधानका लागि सक्रियता अझ  बढाएका छन् ।

उनले आफूनिकटका सांसददेखि प्रधानन्यायाधीश र शुक्रबार राति अख्तियार प्रमुख नवीन घिमिरेसम्मलाई भेटेका छन् । ओलीनिकट समूह आज पनि विहानैदेखि सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारेको गृहकार्यमा जुटेको बताइएको छ ।

यसका लागि ओलीका अत्यन्तै विश्वासपात्र मानिएका केही सचिवालय सदस्य र मन्त्रीहरु खटिएको स्रोतले जनाएको छ ।

राजनीतिक र गैह्रराजनीतिक व्यक्तिहरुसँग भएका ती सबै भेटघाटलाई नेकपाभित्र बढेको विवादले सृजित राजनीतिक दाउपेचकै उपज भएको ब्याख्या गरिँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ०३ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट