प्रतिबन्धकाबीच अष्ट्रेलिया, चीन र कोरिया उडान गर्दै नेपाल एयरलाइन्स « Khabarhub

प्रतिबन्धकाबीच अष्ट्रेलिया, चीन र कोरिया उडान गर्दै नेपाल एयरलाइन्स


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मुलुकमा जारी लकडाउन र अन्तर्राष्ट्रिय हवाई आवागमनमा प्रतिबन्ध लगाइदा पनि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भने अन्तर्राष्ट्रिय गन्तव्यमा चाटर्ड र कार्गो उडान जारी राखेको छ ।

लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चाटर्ड उडान गरेको छ भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ ।

निगमले अझै पनि अष्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चाटर्ड उडान गर्दैछ । निगमले अष्ट्रेलिया र चीनमा फेरि उडान गर्न लागेको हो ।

आगामी वैशाख २४ गते (६ मे २०२० मा) निगमले अष्ट्रेलियाको सिड्नीमा चाटर्ड उडान गर्न लागेको जनाएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी उडान गर्ने निश्चित भएको  जानकारी दिइन् । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चाटर्ड उडान गरेको थियो ।

निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौँ – सिड्नी साढे १२ घण्टाको उडान हुनेछ । काठमाडौँबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडानको तालिका रहेको छ ।

निगमले वैशाख २४ गते नै चीनको बेइजिङमा कार्गो उडान गर्ने भएको छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चाटर्ड  गरेको बताइएको छ ।

निगमको जहाज काठमाडौँबाट साँझ ५ बजेर ३० मिनेटमा बेइजिङ उडेर भोलिपल्ट फर्कनेछ । यस्तै निगमले दक्षिण कोरियामा पनि चाटर्ड उडान गर्दैछ । दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चाटर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो ।

दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भए पनि कुन मितिमा गर्ने भन्ने यकिन भइनसकेको निगमले उल्लेख गरेको छ ।

नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चाटर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ३२ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत