अमेरिकाले सुरु गर्‍यो कोरोना भाइरस संक्रमितको उपचारमा औषधिको प्रयोग « Khabarhub

अमेरिकाले सुरु गर्‍यो कोरोना भाइरस संक्रमितको उपचारमा औषधिको प्रयोग


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ ।

फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको छ ।

उक्त स्वीकृतिसँगै अमेरिकामा कोरोना भाइरसकै लागि पनि औषधि प्रयोगमा आएको हो ।

अबउप्रान्त अमेरिकामा कोभिड-१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ।

एफडीएको आपत्‌कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन। औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृती पहिलो महत्त्वपूर्ण कदम भएको बताए।

यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि गरेको एक अध्ययनले उक्त औषधिको प्रयोगपछि कोरोनाका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको दाबी गरेपछि रेम्डेसिभिर औषधि प्रयोगमा आएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ५२ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि