स्वीडेनमा सेल्फ आइसोलेसन रेस्टुरेन्ट खुल्दै « Khabarhub

स्वीडेनमा सेल्फ आइसोलेसन रेस्टुरेन्ट खुल्दै


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भर्मल्याण्ड- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वीडेनमा नयाँ रेस्टुरेन्ट सञ्चालनको तयारी थालिएको छ ।

रेसमस पर्सन र लिन्डा कार्लसन दम्पतीले नयाँ अवधारणाका साथ स्विडेनको भर्मल्यान्डमा रेस्टुरेन्ट बनाउन थालेका हुन् । यो रेस्टुरेन्ट आगामी १० मेदेखि सञ्चालनमा आउनेछ ।

‘टेबल फर वान’ नाम दिएर पप-अप रेस्टुराँ खुलन लागेको हो। यस रेस्टुराँमा एक दिनमा एक ग्राहकले मात्र सेवा पाउने छन्।

रेस्टुराँ खोल्न लागेको स्थान स्टकहोमबाट करिब तीन सय ५० किलोमिटर टाढा पर्छ। रेस्टुराँमा एउटा मात्र टेबल र कुर्सी हुने छन्। रेस्टुराँ रसिलो घाँसे मैदानमा खुल्दैछ।

यो रेस्टुरेन्टमा पुगेका ग्राहकले दिनभर अर्को व्यक्तिसँग भेट्न र कुराकानी गर्न पाउने छैनन्। र, ‘सेल्फ आइसोलेसन’को आनन्द उठाउन पाउने छन्।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ११ : ५१ बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र