एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे « Khabarhub

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले जनताले मतपत्रमार्फत नै ‘अस्वीकार’को सन्देश दिइसकेपछि पनि सत्य बोलेको आधारमा कार्यकर्तालाई कारबाही गर्ने धम्की दिनु बुद्धिमानी नहुने टिप्पणी गरेका छन् । उनले यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग कति बाँकी छ भन्ने प्रश्न उठाएका छन् ।

पाण्डेले अहिले पार्टी गम्भीर मोडमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पनि “सबै ठीक थियो, हामीलाई फसाइयो” भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु सरह हुने बताएका छन्। उनका अनुसार अन्तर्घात वा षड्यन्त्रले केही हजार मत तलमाथि पार्न सक्छ, तर देखिएको ४०–५० हजार मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने उनको भनाइ छ ।

उनले यो कुनै षड्यन्त्र नभई एमालेको वर्तमान सञ्चालन पद्धति र हठप्रति जनताले दिएको स्पष्ट सन्देश भएको दाबी गरेका छन् । अब पनि पार्टीले आफ्नो तरिका नबदल्ने र “अरू असफल होलान् अनि फेरि हाम्रो पालो आउला” भन्ने सोचमै बसिरहने हो भने त्यसले पार्टी र देश दुवैलाई हानि पुर्‍याउने उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ८ : ३३ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा