प्रहरी नेतृत्वलाई हतियार मोह, जवानलाई मास्कको चिन्ता « Khabarhub

प्रहरी नेतृत्वलाई हतियार मोह, जवानलाई मास्कको चिन्ता


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीले मुलुक नै आक्रान्त भइरहँदा प्रहरी नेतत्वलाई भने हतियारको मोह छाएको छ ।

फिल्डमा खटिएका प्रहरीलाई मास्क, पन्जा तथा स्यानिटाइजरसमेत उपलब्ध नभइरहँदा प्रहरी नेतृत्व भने हतियार खरिदमा अग्रसर भएको छ ।

हतियार खरिदका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएसँगै प्रहरी प्रधान कार्यालयले आर्थिक वर्षको अन्तिममा वाटर क्यानन, नौ एमएमको पेस्तोल र सटगन खरिदको तयारी गरेको हो।

भीडमाथि पानीको फोहोरा हान्न वाटर क्यानन किन्न लागेको प्रहरीले अश्रुग्यास र रबरका गोलीसमेत प्रहार गर्ने सटगन किन्न लागत मूल्यांकन सुरु गरेको छ ।

तर प्रहरीका लागि आवश्यक पर्ने अन्य न्यूनतम पूर्वाधारमा खासै ध्यान नदिकन हतियार खरिदमा जोड दिइएको भन्दै सरकारको आलोचना समेत भएको छ ।

पूर्वसुरक्षा अधिकारीहरुले सरकारले परिस्थितीअनुसार प्राथमिकता निर्धारण गर्नुपर्ने बताएका छन् ।

प्रहरी कार्यलयहरुमा अझै पनि शौचालय, खानेपानी तथा अहिलेको महामारिकोबेला मास्क, पञ्जा जस्ता आधारभूत आवश्यकता नै पूरा नभइरहेको बताइरहँदा हतियार खरिदको निर्णय उपयुक्त नभएको भन्दै आलोचना सुरू भएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ४१ बजे

प्रधानमन्त्री कप : सुदूरपश्चिम १२ रनले विजयी

वीरगञ्ज (पर्सा)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको

राजस्व सङ्कलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न ध्यान दिऊँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार भन्सार विभागको अनुगमन तथा

तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे

काठमाडौं – पछिल्लो तीन वर्षदेखि फिल्मको काम नपाएका नायक आकाश

अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने

काठमाडौं – नायक अनमोल केसीको जन्म दिन पारेर उनी शीर्ष

बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न ‘डब्लुएफपी’लाई आग्रह

कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा बालबालिका