प्रधानमन्त्री कप : सुदूरपश्चिम १२ रनले विजयी « Khabarhub

प्रधानमन्त्री कप : सुदूरपश्चिम १२ रनले विजयी


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा)- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले ४५ दशमलव ४ ओभरमा १० विकेटको क्षति व्यहोर्दै १६८ रन गराएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेशले ४० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमा सीमित भएको थियो । सुदूरपश्चिमको तर्फबाट दीपक बोहराले ३० रन, हेमन्त धामीले २९ रन र किरण ठगुन्नाले १९ रन जोडेका थिए ।

त्यस्तै लुम्बिनीको तर्फबाट सन्तोष यादव र अजय चौहानले सामान ४–४ विकेट लिएका थिए । लुम्बिनीको तर्फबाट सन्तोष यादवले ६७ रन र ध्रुव सुनारले ३६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्ल र खडक बोहराले समान ३–३ विकेट लिएका थिए । यसैगरि सुदूरपश्चिमका हेमन्त धामीले पनि २ विकेट लिएका थिए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : १६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल