गैँडा गणनामा पनि देखियो कोरोना भाइरस संक्रमणको असर « Khabarhub

गैँडा गणनामा पनि देखियो कोरोना भाइरस संक्रमणको असर


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको असर गैँडाको गणनामा पनि देखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जले गत  चैतदेखि नै गैँडा गणना गर्ने तयारी गरेकोमा अब एक वर्षअघि गणनाको काम नहुने भएको छ ।

लगातार पानी परेको तथा कोरोना भाइरसको संक्रमणपछि सरकारले गरेको लकडाउनले तालिम दिएर गणनाको काममा ठीक्क पारिएका प्रावधिकलाई पनि परिचालन गर्न नसकिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार गैँडा गणनाका लागि ४०० जना खटाउनुपर्ने भएकाले संक्रमणको खतरा देखिएकाले स्थगित गरिएको हो ।

अब लकडाउन खुलेपनि वर्षाको समय सुरु भएकाले तत्काललाई गणनाको काम सरेको उनले जानकारी दिए ।

अब कम्तिमा एक बर्षपछि मात्रै गणनाको काम सुरू गर्ने योजना रहेको उनको भनाई छ । सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ गैँडा रहेकोमा चितवनमा मात्रै ६०५ वटा थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १२ : ५९ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको