लकडाउनमा सिर्जनशील बनेका चित्रकार बाबु साइँला « Khabarhub

लकडाउनमा सिर्जनशील बनेका चित्रकार बाबु साइँला


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण अधिकांश देशमा लकडाउन गरिएको छ । नेपालमा चैत ११ गतेदेखि लकडान गरिएको छ । लकडाउनले धेरै मानिस फुर्सदिला बनेका छन् ।

लकडाउनले फुर्सदिलो बनेका धेरै सिर्जनात्मक काममा लागेका छन् । आफ्नो कलालाई लकडाउनमै तिखार्ने काम गरेका छन् । यही सूचीमा पर्छन् चित्रकार बाबु साइला अर्थात भीम सुब्बा तामाङ । लकडाउनले फुर्सदिला बनेका उनी अहिले रंग र कुचीसँग खेलिरहेका छन् ।

खुदी-७ काउले, लमजुङमा जन्मिएका बाबु साईला स्कुल बेलादेखि नै चित्रकला कोर्नमा अग्रसर थिए। त्यतिबेला नै उनी त्यहाँको स्थानीय पाक्षिक/साप्ताहिक पत्रिकाहरूमा कार्टुनिष्टको रूपमा ब्यंग्यचित्रहरू कोर्न थालिसकेका थिए। एसएलसीपछि काठमाडौंमा आएका उनी ललितकला क्याम्पस भर्ना भए ।

ललितकलाको अध्ययनबाट उनले आफ्नो कला र रुचिलाई व्यावसायिक बनाउन थाले । यसरी सिकेको सीप नै अहिलेको उनको दिनचर्या बनेको छ । उनी अहिले तेल, पानी र एक्रेलिक रंगहरू प्रयोगगरि हजारौं मुहार तथा दृष्य चित्रहरु कोरिसकेका छन्।

ललितकलामा स्नातक पढाई गरेका उनी करिब ५ वर्ष रोजगारीको सिलसिलामा कोरिया पुगे। त्यहाँ दैनिक करिब १२ घण्टा काम गरेर पनि फुर्सद निकालेर निरन्तर चित्रकलामा लागिरहे। बाबु साईलाले कोरियामा रहेका नेपाली कामदारका कथा र पीडालाई चित्रमा उतारेर राजधानी सिओलमा एकल चित्रकला प्रदर्शन समेत गरिसकेका छन्।

दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनीहरूमा सहभागिता जनाई सकेका बाबु साईलाका चित्रहरु विश्वका थुप्रै ठाउँमा प्रदर्शनी र बिक्री भएका छन् । उनी अन्तर्राष्ट्रिय जलरंग युबा प्रोत्साहन अवार्डलगायत दुई दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानित पनि भएका छन् ।

दुई बर्षअघि नेपाल फर्किएका बाबु साईला अहिले चित्रकलामा पुरै समय खर्चिएर रमाएका छन्। साहित्यमा पनि उत्तिकै दखल राख्ने उनका बिभिन्न पत्रपत्रिका एवं अनलाईनहरूमा कविता, गजल र कथाहरू प्रकाशित भएका छन् ।

उनी भन्छन्, ‘लकडाउनमा रंग र कुचीसँग रमिरहेको छु। यसबेला बनाएका केहि पेन्टिंगहरू बिक्री भैसकेका छन् । धेरैबाट मुहार चित्र बनाउने माग बढेकोले व्यस्त छु। नेपालमा पनि कलाप्रति सर्बसाधरणको रूची बढेको र कलाकारहरूको कलाकृतिले पनि राम्रै मूल्य पाउन थालेकोले खुशी लाग्छ।’

हेर्नुहोस् उनले कोभिड-१९ महामारीको लकडाउनमा तयार पारेका तस्वीर

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ४९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००