लकडाउनमा सिर्जनशील बनेका चित्रकार बाबु साइँला « Khabarhub

लकडाउनमा सिर्जनशील बनेका चित्रकार बाबु साइँला


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण अधिकांश देशमा लकडाउन गरिएको छ । नेपालमा चैत ११ गतेदेखि लकडान गरिएको छ । लकडाउनले धेरै मानिस फुर्सदिला बनेका छन् ।

लकडाउनले फुर्सदिलो बनेका धेरै सिर्जनात्मक काममा लागेका छन् । आफ्नो कलालाई लकडाउनमै तिखार्ने काम गरेका छन् । यही सूचीमा पर्छन् चित्रकार बाबु साइला अर्थात भीम सुब्बा तामाङ । लकडाउनले फुर्सदिला बनेका उनी अहिले रंग र कुचीसँग खेलिरहेका छन् ।

खुदी-७ काउले, लमजुङमा जन्मिएका बाबु साईला स्कुल बेलादेखि नै चित्रकला कोर्नमा अग्रसर थिए। त्यतिबेला नै उनी त्यहाँको स्थानीय पाक्षिक/साप्ताहिक पत्रिकाहरूमा कार्टुनिष्टको रूपमा ब्यंग्यचित्रहरू कोर्न थालिसकेका थिए। एसएलसीपछि काठमाडौंमा आएका उनी ललितकला क्याम्पस भर्ना भए ।

ललितकलाको अध्ययनबाट उनले आफ्नो कला र रुचिलाई व्यावसायिक बनाउन थाले । यसरी सिकेको सीप नै अहिलेको उनको दिनचर्या बनेको छ । उनी अहिले तेल, पानी र एक्रेलिक रंगहरू प्रयोगगरि हजारौं मुहार तथा दृष्य चित्रहरु कोरिसकेका छन्।

ललितकलामा स्नातक पढाई गरेका उनी करिब ५ वर्ष रोजगारीको सिलसिलामा कोरिया पुगे। त्यहाँ दैनिक करिब १२ घण्टा काम गरेर पनि फुर्सद निकालेर निरन्तर चित्रकलामा लागिरहे। बाबु साईलाले कोरियामा रहेका नेपाली कामदारका कथा र पीडालाई चित्रमा उतारेर राजधानी सिओलमा एकल चित्रकला प्रदर्शन समेत गरिसकेका छन्।

दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनीहरूमा सहभागिता जनाई सकेका बाबु साईलाका चित्रहरु विश्वका थुप्रै ठाउँमा प्रदर्शनी र बिक्री भएका छन् । उनी अन्तर्राष्ट्रिय जलरंग युबा प्रोत्साहन अवार्डलगायत दुई दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानित पनि भएका छन् ।

दुई बर्षअघि नेपाल फर्किएका बाबु साईला अहिले चित्रकलामा पुरै समय खर्चिएर रमाएका छन्। साहित्यमा पनि उत्तिकै दखल राख्ने उनका बिभिन्न पत्रपत्रिका एवं अनलाईनहरूमा कविता, गजल र कथाहरू प्रकाशित भएका छन् ।

उनी भन्छन्, ‘लकडाउनमा रंग र कुचीसँग रमिरहेको छु। यसबेला बनाएका केहि पेन्टिंगहरू बिक्री भैसकेका छन् । धेरैबाट मुहार चित्र बनाउने माग बढेकोले व्यस्त छु। नेपालमा पनि कलाप्रति सर्बसाधरणको रूची बढेको र कलाकारहरूको कलाकृतिले पनि राम्रै मूल्य पाउन थालेकोले खुशी लाग्छ।’

हेर्नुहोस् उनले कोभिड-१९ महामारीको लकडाउनमा तयार पारेका तस्वीर

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ४९ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल