भारतमा एकैदिन दुई हजार बढी संक्रमित थपिए, १ हजार २ बढीको मृत्यु « Khabarhub

भारतमा एकैदिन दुई हजार बढी संक्रमित थपिए, १ हजार २ बढीको मृत्यु


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ ।

कोरोना भाइरस संक्रमणले भारतमा पछिल्लो २४ घन्टामा ७१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

२४ घण्टाभित्र थपिएका नयाँ संक्रमितको संख्या एकैदिन थपिएकामध्ये सबैभन्दा बढी हो । 

यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

मन्त्रालयका अनुसार २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत छन् । 

भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यको रूपमा रहेको छ ।

महाराष्ट्रमा संक्रमितहरूको संख्या ११ हजार ५०६ छन् । ४८५ जनाले ज्यान गुमाएका छन् ।

एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

महाराष्ट्रपछि गुजरातमा भाइरसको संक्रमण दोस्रो सबैभन्दा बढी भएको राज्य हो ।

गुजरातमा चार हजार ७२१ संक्रमित रहेका छन् । ७३५ जना उपचारपछि घर फर्किएका छन् ।

गुजरातमा यस भाइरसको सक्रमणको कारण २३६ जनाको ज्यान गएको छ । 

महाराष्ट्र र गुजरातपछि भाइरसको संक्रमण स्नयाँ दिल्लीमा सबैभन्दा बढी छन् ।

भारतको अन्य कैयौ राज्यमा कोरोना भाइरसको संक्रमण रहेको छ । 

कोराना भाइरसको ९कोभिड–१९ ० को संक्रमण फैलिने क्रम नरोकिएपछ भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ ।

भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । 

दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो ।

कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउनको घोषणा गरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  २ : २० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार