हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने « Khabarhub

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा अल्झन नहुने बताएका छन् ।  

शुक्रबार काठमाडौंमा काठमाडौं क्लाइमेट सप्ताह उद्घाटन गर्दै मन्त्री खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा अल्झिन नहुने भन्दै विपद् आइपर्दा तत्कालै रकम उपलब्ध गराउन सकिने गरी नयाँ अनुदान रकममार्फत यसलाई पूर्ण रूपमा पुँजीकृत गरिनुपर्ने धारणा राखे ।

राजमार्ग, पुल, प्रसारण लाइन वा सहरी बस्ती निर्माण गर्दा अबको २० देखि ३० वर्ष पछिको गम्भीर जलवायु अवस्थालाई धान्न सक्ने प्रविधियुक्त पूर्वाधार बनाउनुपर्ने उनले बताए ।

साथै उनले हिमनदीहरू पग्लिने र हिमतालहरू फुल्दै जानेबारे वैज्ञानिक र उपग्रहले निकालेका तथ्याङ्कहरू अध्ययनका लागि मात्रै नभई ती तथ्याङ्कहरूलाई तत्काल प्रभावकारी पूर्वसूचना प्रणालीमा ढालेर जोखिममा रहेका किसान र दुर्गम बस्तीहरूमा मिनेटभरमै पुर्‍याइनुपर्ने बताए  ।

उनले नदी तथा जलवायु जोखिमहरू सीमापार हुने भएकाले छिमेकी राष्ट्रहरूसँगको क्षेत्रीय वैज्ञानिक सहयोगलाई थप कसिलो बनाउनुपर्ने उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयले भर्खरै एउटा छुट्टै ’जलवायु कूटनीति शाखा’ स्थापना गरेको भन्दै उनले यसले नेपालका आन्तरिक जलवायु वास्तविकताहरूलाई अन्तर्राष्ट्रिय वार्ताहरूसँग सिधा जोड्दै नेपालको कूटनीतिलाई दिगो, सुसंगत र सक्रिय बनाउन मद्दत पुर्‍याउने बताए । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १२ : २४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ