नेकपा सचिवालय बैठक साढे ५ बजे बस्ने « Khabarhub

नेकपा सचिवालय बैठक साढे ५ बजे बस्ने


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको केन्द्रीय सचिवायलको बैठक साढे पाँच बजे बस्ने बालुवाटारमा बस्ने जानकारी लिए ।

बैठकमा प्रचण्ड – माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै स्थायी कमिटीको बैठकमा जोड दिनेछन् भने ओली समूहले त्यसको प्रतिवाद गर्ने तयारी गरेको छ ।

त्यसका लागि दुबै पक्षले आन्तरिक छलफलसहितका तयारी तीव्र पारेका छन् । विवाद मिलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री ओलीले शुक्रबार पनि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

सो भेटघाटलगत्तै प्रचण्डले माधव कुमार नेपालसँग पनि भेटघाट गरेपछि प्रचण्डसँग सहमति नभएको अड्कलवाजी भएको छ ।

कोटेश्वरमा भएको नेपाल – प्रचण्ड भेटमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओलीले पहिला राजीनामा दिनपर्नेबारे धारणा राख्नेगरी तयारी गरेको बताइएको छ ।

गएको बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नै दिनुपरे बामदेव गौतमलाई प्रधानमन्त्री बनाइनु पर्ने र त्यसका लागि कोराना भाइरसको महामारी अन्त्य हुनुपर्ने सर्त राखेको समाचारहरु सार्वजनिक भएका थिए ।

अध्यादेश फिर्ता लिएपछि पनि अर्को पक्षले सोही विषयलाई लिएर समस्या पार्न खोजेपछि प्रधानमन्त्री ओलीले संकट समाधानका लागि सक्रियता अझ बढाएका छन् ।

उनले आफूनिकटका सांसददेखि प्रधानन्यायाधीश र शुक्रबार राति अख्तियार प्रमुख नवीन घिमिरेसम्मलाई भेटेका छन् । ओलीनिकट समूह आज पनि विहानैदेखि सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारेको गृहकार्यमा जुटेको बताइएको छ ।

यसका लागि ओलीका अत्यन्तै विश्वासपात्र मानिएका केही सचिवालय सदस्य र मन्त्रीहरु खटिएको स्रोतले जनाएको छ ।

राजनीतिक र गैह्रराजनीतिक व्यक्तिहरुसँग भएका ती सबै भेटघाटलाई नेकपाभित्र बढेको विवादले सृजित राजनीतिक दाउपेचकै उपज भएको ब्याख्या गरिँदै आएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ४२ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत