एउटा ट्वीट गर्दा १४ अर्ब अमेरिकी डलर घाटा « Khabarhub

एउटा ट्वीट गर्दा १४ अर्ब अमेरिकी डलर घाटा


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ।

ट्वीटपछि लगानीकर्ताहरूले शेअर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ।

“टेस्लाको शेअर मूल्य धेरै नै बढी” रहेको आफ्नो विचार रहेको ट्वीट गरेका मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन्।

अन्य ट्वीटहरूमा उनले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन्।

सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए।

वाल स्ट्रीट जर्नलले मस्कलाई त्यो ट्वीट एउटा हल्का टिप्पणी थियो कि भनी गरेको प्रश्नमा उनले होइन भनेको लेखेको छ।

यो वर्ष टेस्लाको शेअर मूल्य बढेर कम्पनीको बजार मूल्य एक खर्ब अमेरिकी डलर नजिकै पुगेको छ।

बजार मूल्य एक खर्ब पुगेको अवस्थामा कम्पनीले लगानीकर्ताहरूलाई करोडौँ डलर लाभांश दिनुपर्ने हुन्छ।

विवादास्वद ट्वीट गरिरहने मस्कले आफ्ना झन्डै साढे तीन करोड फलोअरहरूलाई कोरोनाभाइरसको बेलामा गरिएको लकडाउनको चर्को आलोचना गरेका थिए।

मस्कले बेच्ने भनेको सम्पत्तिमा उनले सन् २०१३ मा किनेको घर पनि पर्छ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ४ : २४ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित